कोरोना संक्रमणबाट नेपालमा थप १८ जनाको मृत्यु, मृतकको संख्या ७५७ पुग्यो

200
Shares

काठमाडौँ, ३ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय ५७ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप २ हजार ३ सय ३५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ४० हजार ७ सय ७८ रहेको छ । आइसीयूमा २ सय ८२ जना र भेन्टीलेटरमा ६३ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *