होम आइसोलेशनमा बसेकी थप एक संक्रमित महिलाको मृत्यु

140
Shares


धरान, २ कात्तिक । यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट शय्या अभावमा घर फर्काइएकी धरान–१५ की एक वृद्धाको निधन भएएको छ । उनी कोरोना सङ्क्रमित भएपछि छोरीका घरमा आइसोलेशनमा बसिरहेकी थिइन् ।

शनिबार एक्कासि श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि प्रतिष्ठानमा लगिए पनि शय्या अभावमा भर्ना नगरिएपछि घर फर्काइएको केही समयपछि ८३ वर्षीया उनको मृत्यु भएको धरान –१५ का वडाध्यक्ष नरेश इवरामले जानकारी दिए । उनलाई दुई दिनअघि कोरोना पोजेटिभ भएको पुष्टि भएको थियो ।

अहिले प्रतिष्ठानमा शय्या अभाव भएको जनाई सङ्क्रमितलाई भर्ना लिन छाडिएको छ । भेन्टिलेटर भएको १० शय्या भए पनि ६ वटाले काम गरेका छैनन् । वृद्धाको शव स्वास्थ्य सुरक्षा मापदण्डानुसार नेपाली सेनाले व्यवस्थापन गरिरहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *