काठमाडौँ उपत्यकामा थप १७४६ जनामा कोरोना संक्रमण

348
Shares


काठमाडौँ, १ कात्तिक । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार काठमाडौँमा १ हजार ४ सय ५१ जना, भक्तपुरमा १ सय ४३ जना र ललितपुरमा १ सय ५२ जना गरी कुल १ हजार ७ सय ४६ जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा १५ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण भएको छ । उनका अनुसार आज देशभर ३ हजार १ सय ६७ जना पोजेटिभ देखिएको छ ।

यहि अवधीमा १ हजार ८ सय जनाले कोरोना जितेर मुक्त भएका छन् । यो संगै देशभर संक्रीय संक्रमितको संख्या ३८ हजार ७ सय ३७ जना पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *