काठमाडौँ उपत्यकामा थप २१२९ जनामा कोरोना संक्रमण

324
Shares

काठमाडौँ, २७ असोज ।   काठमाडौँ उपत्यकामा मंगलबार थप २ हजार १२९ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या देशभर आज थपिएको कुल संख्याको ६० प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा १ हजार ७४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जना थपिएका हुन् ।

आज देशभर १५ हजार ५७७ जनाको पीसीआर गर्दा ३ हजार ५५६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यो संगै देशभर सक्रीय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *