काठमाडौँ उपत्यकामा थप २१२९ जनामा कोरोना संक्रमण

काठमाडौँ, २७ असोज ।   काठमाडौँ उपत्यकामा मंगलबार थप २ हजार १२९ जनामा कोरोना संक्रमण देखिएको छ । यो संख्या देशभर आज थपिएको कुल संख्याको ६० प्रतिशत हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा १ हजार ७४६ जना, ललितपुरमा २१६ जना र भक्तपुरमा १६७ जना थपिएका हुन् ।

आज देशभर १५ हजार ५७७ जनाको पीसीआर गर्दा ३ हजार ५५६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । यो संगै देशभर सक्रीय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *