मोरङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु

132
Shares


मोरङ, २७ असोज । कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको अस्पतालका आइसोलेसन प्रमुख सुनिल देवले जानकारी दिए ।

मृतकलाई स्वासप्रस्वासमा समस्या आई बेहोस अवस्थामा यही असोज २४ गते अस्पतालमा उपचारका लागि ल्याइएको थियो । मृतकको सोही दिन पिसिआर परीक्षणमा कोरोना पुष्टि भएको थियो ।

बूढीगङ्गा गाउँपालिका–५ का ७१ वर्षीय वुद्धको कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको छ । मृतकको गएको शनिबार सङ्क्रमण पुष्टि भएसँगै उपचारका लागि केन्द्रमा ल्याइएकोमा आज मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । दमको पुरानो बिरामी रहेको वृद्धको स्वास्थ्य अवस्था जटिल भएपछि भेन्टिलेटरमा राखी उपचारको क्रममा मृत्यु भएको हो ।
रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *