काठमाडौँ उपत्यकामा थप १४०९ जनामा कोरोना संक्रमण

काठमाडौँ, २३ असोज । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ४०९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार ११६ जना, भक्तपुरमा १३० जना र ललितपुरमा १६३ जना गरी कुल १ हजार ४०९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यो आज देशभर देखिएको कुल संक्रमित संख्याको ६८.४३ प्रतिशत हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो चौविस घण्टामा देशभर १३ हजार २७९ जनाको पीसीआर टेष्ट गरिएको छ । यहि अवधीमा २ हजार ५९ जना नयाँ संक्रमित थपिएका हुन् ।

यो सहित आज देशमा संक्रमित हुनेको संख्या १ लाख ६७६ पुगेको छ । सक्रिय संक्रमितको संख्या २७ हजार ५३ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *