तिलगंगामा आठ जिल्लाका ३०० जना मोतिविन्दुका बिरामीको नि:शुल्क शल्यक्रिया हुँदै

264
Shares

काठमाडौँ, २२ असोज । विश्व दृष्टि दिवसको अवसर पारेर तिलगंगा आँखा प्रतिष्ठानले धादिङ्ग, नुवाकोट, रसुवा, ओखलढुंगा, सिन्धुपाल्चोक, रोल्पा, रामेछाप र दोलखा जिल्लाका ३०० जना मोतिविन्दुका बिरामीको निुशल्क शल्यक्रिया गर्ने भएको छ । प्रतिष्ठानले काठमाडौं स्थित तिलगंगा आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गर्ने काम भईरहेको जनाएको छ ।

तोकिएका जिल्लाका व्यक्तिहरु काठमाडौँ वा आसपासमा रहेपनि निशुल्क सेवा लिन सक्नेछन् । त्यसका लागि जिल्ला सामुदायिक आँखा केन्द्रको सिफारिस वा जिल्ला खुल्ने परिचयपत्र र पिसीआर परिक्षणको रिपोर्ट हुनुपर्नेछ । प्रतिष्ठानले यो सेवा आगामी मंसिर महिनासम्म लागू हुने बताएको छ । निः शुल्क शल्यक्रियाको लागि अन्तराष्ट्रिय सहयोगी संस्था द फ्रेड हलोज फाउण्डेसन र हिमालयन क्याटर्याक्ट प्रोजेक्टले सहयोग गरिरहेको छ ।

यस्तै कोभिड – १९ को महामारीको रोकथाम तथा नियन्त्रणका लागि आँखा शिविरहरु भन्दा यसपटक प्रतिष्ठानले आफ्ना शाखाहरु हेटौडा सामूदायिक आँखा अस्पताल लगायत १७ जिल्लामा रहेका सामुदायिक आँखा केन्दमा, अस्पताल तथा आँखा केन्द्र केन्द्रित कार्यक्रम मात्र संचालन गर्ने भएको छ ।

कोभिड – १९ र आँखा स्वास्थ्य सम्बन्धी जनचेतनमूलक सुचना सामाग्री निमार्ण गरि रेडियो तथा विद्युतिय सामाजिक संजाल मार्फत प्रसारण गर्ने काम समेत भइरहेको प्रतिष्ठानका बरिष्ठ जनसम्पर्क अधिकृत सोनु केसीले बताइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *