उपत्यकामा १२ सहित देशभर थप १९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५५४ पुग्यो

424
Shares

काठमाडौँ, १९ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

जसमा ८ जिल्लाका ५ महिला र १४ जना पुरुष छन् । सुनसरीका ५५ वर्षीय, सर्लाहीका ४२ र ६९ वर्षीय, काठमाडौँका २६, ६५, ६७, ७८, ८१, ९१ वर्षीय, ललितपुरका ३ वर्षीय बालक सहित ५५ र ७१ वर्षीय, नवलपरासीका ३६ वर्षीय, चितवनका ६२ वर्षीय पुरुष, त्यसैगरी पर्साकी ६५ वर्षीया, काठमाडौँका ७६, ८१ ,८३ वर्षीया र गोरखाकी ४५ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५४ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ४ सय ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप १ हजार १३३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *