देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५३५ पुग्यो

152
Shares

काठमाडौँ, १८ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

जसमा ६ वटा जिल्लाका ४ महिला र ३ पुरुष गरी ७ जना छन् । चितवनमा ५५ वर्षीया, बाँकेमा २५ वर्षीया, कञ्चनपुरमा २९ वर्षीया महिला, मकवानपुरमा ५ दिने बालिका, काठमाडौंमा ५५ वर्षीय, ललितपुरमा ७७ वर्षीय र  बाँकेमा ६० वर्षीय पुरुषको मृत्यु भएको छ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ ।

पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप १ हजार ३२९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *