देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२८ पुग्यो

124
Shares

काठमाडौँ, १७ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

जसमा ७ वटा जिल्लाका २ महिला र ६ पुरुष गरी ८ जना छन् । सुनसरीमा २८ वर्षीया, चितवनमा ७६ वर्षीया महिला, ललितपुरमा ६७ वर्षीय, काठमाडौँमा ८३ र ६८ वर्षीय पुरुष सिन्धुपाल्चोकमा ४१ वर्षीय,, दोलखामा ६५ वर्षीय कैलालीमा ७९ वर्षीय पुरुषको मृत्यु भएको छ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव  ६२ प्रतिशत छ।

पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार १ सय २० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप २ हजार ४४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *