देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

252
Shares

काठमाडौँ, १६ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

जसमा ८ वटा जिल्लाका ४ महिला र  ७ पुरुष गरी ११ जना  छन् । मोरङमा २७ वर्षीय ,ललितपुरमा ३२ र ७० वर्षीय, मकवानपुरमा ७८ वर्षीय, रुपन्देहीमा ६० वर्षीय, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष,भक्तपुरमा ६१ र ५१ वर्षीया, काठमाडौँमा ६७ वर्षीया र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको छ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२० पुगेको छ । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ३ हजार ३ सय ७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २१ हजार २ सय ३४ रहेको छ । त्यसैगरी देशभरका अस्पतालका आइसीयूमा २१० र भेन्टीलेटरमा २९ जना उपचाररत छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *