धरानमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु

0
Shares

धरान, १५ असोज । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार राती थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । इटहरी नगरपालिका ६ सुनसरीका ५५ बर्षीय पुरुषको बुधबार राती ९ :४५ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार बिराटनगरस्थित बिराट मेडिकल कलेजबाट रिफर लिई आएको केही क्षणमै संक्रमित व्यक्तिको मृत्यु भएको थियो ।

‘बुधबार दिउसो कोभिड १९ पोजेटिभ हुँदा बिरामीको अवस्था गम्भीर भइसकेको थियो । बिराटले बुधबार राती संक्रमण पुष्टि भएको पुरुषलाई धरानस्थित प्रतिष्ठानको कोभिड अस्थायी अस्पतालका लागि रिफर गरेको थियो । राती ८ :३० मा अस्पताल ल्याई पुरयाउँदा अवस्था एकदमै गम्भीर भएको थियो । १५ मिनेटमै ज्यान गयो,’ डा सापकोटाले भने ।

मृत्यु भएका संक्रमित व्यक्तिमा पहिले देखि दीर्घ रोग भने नभएको प्रतिष्ठानले जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *