नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायत सरकारको साढे तीन अर्ब सहयोग
काठमाडौँ, १२ असोज । नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायत सरकारले तीन अर्ब ५२ करोड रुपैयाँ सहयोग उपलव्ध गराउने भएको छ ।
नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमको तेस्रो फेजका लागि बेलायत सरकारले उपलव्ध गराउने भनेको २२.५ मिलियन पाउण्डस्टिर्निङ करीव तीन अर्ब ५२ करोड रुपैयाँको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरकेो हो ।
मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेलायतले उपलब्ध गराउने ३ अर्ब ५२ करोड आर्थिक र प्राबिधिक सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका हुन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



