नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायत सरकारको साढे तीन अर्ब सहयोग

काठमाडौँ, १२ असोज । नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमका लागि बेलायत सरकारले तीन अर्ब ५२ करोड रुपैयाँ सहयोग उपलव्ध गराउने भएको छ ।

नेपाल स्वास्थ्य क्षेत्र कार्यक्रमको तेस्रो फेजका लागि बेलायत सरकारले उपलव्ध गराउने भनेको २२.५ मिलियन पाउण्डस्टिर्निङ करीव तीन अर्ब ५२ करोड रुपैयाँको अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरकेो हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बेलायतले उपलब्ध गराउने ३ अर्ब ५२ करोड आर्थिक र प्राबिधिक सहयोग स्वीकार गर्ने निर्णय भएको जानकारी दिएका हुन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *