भेरी अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु

192
Shares

बाँके, ४ असोज । भेरी प्रादेशिक अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. २१ पुरैनीका ५९ वर्षीय पुरुषको भेरी प्रादेशिक अस्पताल नेपालगञ्जमा  शनिबार राति मृत्यु भएको हो ।

गत भदौ २० गते अस्पताल भर्ना भएका उनको २१ गते कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । उनी प्लाज्मा थेरापीबाट उपचाररत थिए । स्वास्थ्य अवस्था बिग्रिदै गएपछि शनिबारदेखि भेन्टिलेटरको सहायतामा उपचार जारी थियो । तर गएराति उनको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।

यो सँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *