कर्णाली प्रदेशमा थपिए २८ जना कोरोना संक्रमित


सुर्खेत, २४ भदौ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण देखिएको छ ।

पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पतालको प्रयोगशाला  र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ९ महिला र १९ जना पुरुष छन् ।

प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित सुर्खेतका १७ जना, जाजरकोटका १, मुगुका १, रुकुम पश्चिमका ४, सल्यानका २, दैलेखका २ र चितवनका १ जना हुन् ।

यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ७१९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यो संगै कर्णलीमा हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ३४४ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *