कर्णाली प्रदेशमा थपिए २८ जना कोरोना संक्रमित

सुर्खेत, २४ भदौ । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमण देखिएको छ ।
पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, दैलेख अस्पतालको प्रयोगशाला र चौरजहारी नगरपालिका पीसीआर प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ९ महिला र १९ जना पुरुष छन् ।
प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित सुर्खेतका १७ जना, जाजरकोटका १, मुगुका १, रुकुम पश्चिमका ४, सल्यानका २, दैलेखका २ र चितवनका १ जना हुन् ।
यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २ हजार ७१९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १४ जना कोरोना जितेर डिस्चार्ज भएका छन् । यो संगै कर्णलीमा हालसम्म डिस्चार्ज हुनेको संख्या २ हजार ३४४ पुगेको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

