गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण

काठमाडौँ, १४ भदौ । गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टी भएको हो ।
जसमा तनहुँका २२ जना र बाग्लुङका २ जना छन् । तीनीहरुमध्ये ५ महिला र १९ जना पुरुष छन् । बाग्लुङ जिल्ला तामानखोला २ का दुई महिला मध्ये १ जना स्वास्थ्यकर्मी हुन् भने १ जना स्थानीय ब्यापारी हुन् ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार १२३ पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




