गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण


काठमाडौँ, १४ भदौ । गण्डकी प्रदेशमा थप २४  जनामा कोरोना भाइरस (कोभिड–१९)संक्रमित देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षणमा गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टी भएको हो ।

जसमा तनहुँका २२ जना र बाग्लुङका २ जना छन् । तीनीहरुमध्ये ५ महिला र १९ जना पुरुष छन् ।  बाग्लुङ जिल्ला तामानखोला २ का दुई महिला मध्ये १ जना स्वास्थ्यकर्मी हुन् भने १ जना स्थानीय ब्यापारी हुन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या २ हजार १२३ पुगेको छ । भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *