वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, ७ भदौ । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीया महिलाको शनिबार बेलुकी मृत्यु भएको हो ।
ज्वरो, खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि साउन २२ गते ती महिलाको स्वाब संकलन गरी नारायणी अस्पताल प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



