वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

काठमाडौँ, ७ भदौ । वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीया महिलाको शनिबार बेलुकी मृत्यु भएको हो ।

ज्वरो, खोकी र श्वास प्रश्वासमासमेत समस्या भएपछि साउन २२ गते ती महिलाको स्वाब संकलन गरी नारायणी अस्पताल  प्रयोगशालामा परिक्षण गर्दा साउन २४ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो सहित हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *