चितवनमा थपिए ३० जना कोरोना संक्रमित

चितवन, ३ भदौ। चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । चितवन जिल्लाका २० र अन्य विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आएका १० जना गरी ३० जनामा कोरोना संक्रमण देखिएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार राति गरिएको नमुना परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका २ जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यसै गरी अन्य जिल्ला नवलपुरका पाँच, तनहुँ, महोत्तरी, बाँके, मकवानपुर र बाराबाट उपचारका लागि आएका एक–एक जना गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



