चितवनमा थपिए ३० जना कोरोना संक्रमित


चितवन, ३ भदौ। चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । चितवन जिल्लाका २० र अन्य विभिन्न जिल्लाबाट उपचारका लागि चितवन आएका १० जना गरी ३० जनामा कोरोना संक्रमण देखिएको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा  मंगलबार राति गरिएको नमुना परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका २ जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसै गरी अन्य जिल्ला नवलपुरका पाँच, तनहुँ,  महोत्तरी, बाँके, मकवानपुर र बाराबाट उपचारका लागि आएका एक–एक जना गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *