गण्डकी प्रदेशमा थपिए ८ जना कोरोना संक्रमित

काठमाडौँ, २७ साउन । गण्डकी प्रदेशमा आज थप ८ जनामा कोरोना भाइरस(कोभिड–१९)संक्रमित देखिएको छ ।
गत २४ घन्टामा क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परिक्षण ३ जिल्लाका ८ जनामा कोरोना पुष्टी भएको हो । जसमा वाग्लुङका २,तनहुँका २ र कास्कीका ४ जना रहेका छन् । तीनीहरु मध्ये २ जना महिला र ६ जना पुरुष छन्
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
यो संगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ६३१ पुगेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



