गण्डकी प्रदेशमा थपिए १२ जना कोरोना संक्रमित

0
Shares


काठमाडौँ, ५ साउन । गण्डकी प्रदेशमा आज थप १२ जनामा कोरोना भाइरस(कोभिड-१९) संक्रमण देखिएको छ।

क्षयरोग उपचार केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा  गरिएको नमुना परिक्षणमा  थप नयाँ १२ जनामा कोरोना पुष्टि भएको हो । जसमा ४ जिल्ला कास्की, स्याङ्जा, तनहुँ र लमजुङका गरी १ महिला र ११ जना पुरुष रहेका छन् ।

संक्रमित सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ३१७ पुगेको छ । भने हाल क्वारेन्टाइनमा रहेका व्यक्तिहरुको संख्या १८२४ रहेको छ ।

हालसम्म गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *