गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण

0
Shares


काठमाडौँ, २५ असार ।  गण्डकी प्रदेशमा थप २० जनामा कोरोना भाइरस (कोभिड-१९)  संक्रमण देखिएको छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो । जसमा २ जना महिला र १८ जना पुरुष रहेका छन् ।

सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।

यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार १४९ पुगेको छ ।  यसैगरी गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३८६ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *