मुटुको परीक्षणका लागि प्रधानमन्त्री ओली पुगे गंगालाल अस्पताल

0
Shares

काठमाडौँ, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली मुटुको परीक्षण गराउन बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका छन् । उनको त्यहाँ मुटुको ईको तथा इसीजी जाँच गरिदैछ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री गंगालाल अस्पताल पुगेको बताए ।
‘कुनै स्वास्थ्य समस्या भएर होइन । नियमित चेकजाँचका लागि गंगालाल जानु भएको हो । अब परीक्षण सकिन लागिसकेको छ । त्यसपछि एकछिनमा फर्किने कार्यक्रम छ,’ थापाले भने ।

पछिल्लो समय स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीमाथि सरकार र पार्टी सञ्चालनको विषयलाई लिएर चर्को आलोचना भएको खबर आइरहेको छ । कतिपयले पछिल्लो राजनीतिक घटना क्रमले प्रधानमन्त्री ओलीमा थप तनाव सिर्जना भएको अनुमान समेत गरेका छन् ।

प्रधानमन्त्री ओलीको गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *