त्रिवि शिक्षण अस्पतालले पनि शुरु गर्‍यो पीसीआर परीक्षण

0
Shares

काठमाडौँ, १२ जेठ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड – १९)को परीक्षण शुरु भएको छ । त्रिभुवन विश्वविद्यालयले उपलव्ध गराएको मेसिनबाट अस्पतालले कोरोना परीक्षण सेवा शुरु गरेको हो ।

सोमबार अस्पतालमा आयोजित कार्यक्रममा त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले पीसीआर परीक्षणको उदघाटन गरे ।

अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले त्रिवि अस्पतालमा जडान भएको नयाँ मेसिनले एक पटकमा ९६ जनासम्मको कोरोना परीक्षण गर्न सक्ने बताए ।

उनले पहिलो चरणमा अस्पतालमै संकलन भएका ३० जनाको नमूना परीक्षण शुरु गरिएको बताए । उनले रिपोर्टका लागि करीब ५ घण्टा लाग्ने भन्दै आवश्यकता अनुसार दुई चरणमा पनि परीक्षण अघि बढाउन सकिने बताए ।

त्रिवि शिक्षण अस्पतालमा परीक्षण सुरु भएसँगै नेपालमा पिसिआर परीक्षण हुने स्थानको संख्या २० पुगेको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *