स्वास्थ्य सचिवको बरालको सरुवा, नयाँ स्वास्थ्य सचिव यादव कोइराला
काठमाडौँ, १८ फागुन । काठमाडौँ, १८ फागुन । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव परिवर्तन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयमा यादव प्रसाद कोइरालालाई सरुवा गर्ने निर्णय गरेको छ ।
उनी यसअघि संघीय मामिला तथा संघीय प्रशासन मन्त्रालयमा थिए । स्वास्थ्यमा रहेका सचिव खगराज बराललाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ ।
सचिव बरालले स्वास्थ्यमा ठ्याक्कै साढे छ महिना विताए । उनलाई गत २ भदौमा बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



