स्वास्थ्य सचिवको बरालको सरुवा, नयाँ स्वास्थ्य सचिव यादव कोइराला

काठमाडौँ, १८ फागुन ।  काठमाडौँ, १८ फागुन । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव परिवर्तन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले स्वास्थ्य मन्त्रालयमा यादव प्रसाद कोइरालालाई सरुवा गर्ने निर्णय गरेको छ ।

उनी यसअघि संघीय मामिला तथा संघीय प्रशासन मन्त्रालयमा थिए । स्वास्थ्यमा रहेका सचिव खगराज बराललाई भने उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ ।

सचिव बरालले स्वास्थ्यमा ठ्याक्कै साढे छ महिना विताए । उनलाई गत २ भदौमा बसेको मन्त्रिपरिषद बैठकले शिक्षा मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *