कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारद्वारा समिति गठन

424
Shares


काठमाडौँ, १८ माघ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले तीनवटा समिति गठन गरेको छ । विश्वमा कोरोना भाइरसको सङ्क्रमण झन् बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रोकथामका लागि तीनवटा समिति गठन गरेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालको अध्यक्षतामा उच्चस्तरीय अनुगमन समिति, स्वास्थ्य सचिव खगराज बरालको अध्यक्षतामा निर्देशक समिति र गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा दीपेन्द्ररमण श्रेष्ठको अध्यक्षतामा स्वास्थ्य प्राविधिक समिति गठन भएको हो । सदस्यहरूमा सबै मन्त्रालयका सचिव तथा महाशाखा प्रमुख हुनेछन् ।

समितिमा मन्त्रालयका तीनै विभागका महानिर्देशक, सबै महाशाखाका निर्देशक, टेकु अस्पतालका निर्देशक, स्वास्थ्यअन्तर्गतका सबै परिषद्का अध्यक्षहरु पदेन सदस्य तोकिएको छ । उच्चस्तरीय अनुगमन समितिले कोरोनाको रोकथामका लागि विभिन्न निकायले गरिरहेका कामहरूको अनुगमन गर्नेछ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *