चिकित्सक संघ निर्वाचन : उपत्यका बाहिरको निर्वाचन सकियो, २८५० भोट खस्यो

1.4k
Shares

काठमाडौँ, ५ माघ ।  नेपाल चिकित्सक संघको २८ औँ केन्द्रीय कार्यकारिणी समिति ( २०७६ – ०७९ कार्यकाल)का लागि उपत्यका बाहिर हिजो र आज भएको मतदान सकिएको छ । उपत्यका बाहिर १६ वटा मतदान केन्द्रमा भएको मतदानमा २ हजार ८५० मत खसेको छ । 

निर्वाचनमा सबैभन्दा बढी चितवनमा ३९७ र जुम्लामा सबैभन्दा कम १९ मत खसेको छ । शनिबारको तुलनामा आइतबार १०२ मत कम खसेको छ ।

शनिबार १ हजार ४७६ मत खसेको थियो भने आइतबार १ हजार २७४ मत खसेको छ । आइतबार जुम्लामा कुनै पनि मत खसेन। २५ मतदाता रहेको जुम्लामा शनिबार १९ मत खसेको थियो।

संघको १३ सदस्यीय कार्यसमितिका लागि ३० जना चुनावी मैदानमा उत्रेका छन्। उपत्यकाभित्र भने यही माघ १७ देखि २१ गतेसम्म मतदान हुनेछ।

निर्वाचनमा डा लोचन कार्कीको लोकतान्त्रिक समूह र डा पुष्पमणि खराल नेतृत्वको पेशागत समूह प्रतिस्पर्धामा छन् । महासचिव पदमा भने दुई वटा प्यानल बाहेक थप दुई जना स्वतन्त्र उम्मेद्धारले पनि प्रतिस्पर्धा गरेका गरेका छन् ।

हेरौँ कहाँ कति भोट खस्यो ?

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *