नेपाल चिकित्सक संघ निर्वाचन : जुम्लामा पनि शुरु भयो मतदान

452
Shares

काठमाडौँ, ४ माघ । नेपाल चिकित्सक संघ २८ औँ केन्द्रीय कार्यकारणी समितिको निर्वाचन को निर्वाचन जुम्लामा पनि शुरु भएको छ । केहीबेर अघि निर्वाचन सामग्री पुगेपछि निर्वाचन शुरु भएको हो ।

तोकिएको समयभन्दा झण्डै २ घण्टा ढिलो शुरु भयो । तर मतदाता निकै थोरै भएकोले खासै अफ्टेरो छैन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले भने ।

केही दिन देखि विग्रिएको मौसमका कारण हवाई उडान स्थगित भएपछि निर्वाचन समितिले जुम्लाका लागि स्थलमार्गबाट मतपेटिका र मतपत्र सहितका निर्वाचन सामग्री पठाएको थियो ।

‘हिजो बेलुका नै जुम्ला पुग्ने भनिएपनि निर्वाचन सामग्री बोकेको साधन आज मध्यान्न साढे १२ तिर जुम्ला पुगेको थियो । त्यस लगत्तै तयारी गरि एक बजे तिरबाट मतदान शुरु भएको हो,’ काफ्लेले भने ।

उपत्यका बाहिरका अन्य ठाँउमा भने विहान ११ बजेबाट मतदान भईरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *