दुवाकोटमा अस्पताल निर्माण गर्ने पहिलो प्राथमिकता : स्वास्थ्य राज्यमन्त्री रावत

392
Shares

काठमाडौँ, १६ पुस । भक्तपुरको चाँगुनारायण नगरपालिका– १ मा निर्माण हुन लागेको वीर अस्पतालको विस्तारित संरचना निर्माण गर्ने पहिलो प्राथमिकता भएको स्वास्थ्य राज्यमन्त्री नवराज रावतले बताएका छन् ।

उनले आज सो क्षेत्रको स्थलगत अनुुगमन गर्दै स्थानीयवासीसँग यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । अहिले रहेको संरचनाबाट तत्काल भोलिदेखि एक्स–रे सेवार प्रयोगशाला सेवालगायत शुरु गर्न निर्देशन दिए । अहिले प्रवाह रहेको सेवाबाट स्थानीयवासीले दुःख पाएको गुनासो आएपछि राज्यमन्त्री रावतले भोलिदेखि सेवा विस्तार गर्न निर्देशन दिए ।

विस्तारित भवन निर्माणका लागि ५२० रोपनी जग्गा अधिग्रहण गर्ने काम सम्पन्न भइसकेको छ । सांसद महेश बस्नेतले अहिले तत्काल संरचना निर्माणका लागि सडक, खानेपानी, विद्युत् र ढल निकालका लागि पहिलो काम शुरु गर्नुपर्ने बताए। उनका अनुसार आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) को काम यसै आर्थिक वर्षमा गर्न लागिएको छ । त्यसका लागि बजेटको व्यवस्था भइसकेको छ । नगरपालिकाको १, २, ३ र ४ का स्थानीयले त्यहाँबाट सेवा लिने गरेको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *