पेशागत समावेशी समूह भन्छ: ‘नयाँ भिजनका साथ आएका छौँ, समावेशी हौँ र जित्छौँ’

2.7k
Shares

काठमाडौँ, ६ पुस । आगामी माघमा हुन गईरहेको नेपाल चिकित्सक संघको निर्वाचनमा उम्मेद्धारी दिएको पेशागत समावेसी समूहले यसपटक आफ्नो जित सुनिश्चित भएको दावी गरेको छ । डा. पुष्पमणि खराल अध्यक्ष रहेको सो समूहले आफूहरुसंग नयाँ भिजन
र एजेन्डासंगै समावेसी उम्मेद्धारका कारण जित सुनिश्चित भएको दावी गरेको हो ।

आइतबार पत्रकार सम्मेलन गरी सो समूहले आफ्नो प्रतिस्पर्धी लोकतान्त्रिक समूहलाई ‘टेष्टेड’ र ‘फेलियर’को संज्ञा दिदै आफ्नो जीत हुने दावि गरेको हो । ‘लोकतान्त्रिक समूह लामो समयदेखि संघमा नेतृत्व गरे पनि आम चिकित्सकका पेशागत हक हित र सुरक्षामा ध्यान दिन सकेको छैन । दिन खोजे पनि पार लगाउन सकेको छैन । फेरी उहाँहरु पहिले देखिएको टेष्टेड हो । त्यसैले आम चिकित्सक बर्ष नयाँ नेतृत्व चाहन्छ । जो हामी हौँ,’ टिमको नेतृत्व गरेका अध्यक्षका उम्मेद्धार डा. खरालले भने ।

‘सुरक्षित पेशा खुशी चिकित्सक’  स्लोगन राखेको यो समूहले संक्रिय नेतृत्व, सदस्यतामा बृद्धि, पेशागत सुरक्षा, स्पेशलाईजेशन, पेशागत अभिबृद्धि, चिकित्सकको स्वास्थ्य एवं गुणस्तरीय जीवन, सरकारी स्वास्थ्य सेवामा सुधार र विविध गरी आठ विषयका ३७ बुदामा घोषणापत्र जारी गरेको छ ।

पत्रकार सम्मेलनमा समावेशी समूह राजनीतिक आस्थामा आधारित नभई पेशागत विविधतामा आधारित समूह भएको बताइएको थियो । यद्धपी उक्त समूहलाई नेकपा निकट राष्ट्रिय चिकित्सक संघ नेपाल (एनडीएएन), मधेशी चिकित्सक संघ लगायतले समर्थन रहेको बताइएको छ ।

कार्यक्रममा बोल्दै एनडीएएनका अध्यक्ष डा सन्तोष पौडेलले चिकित्सक संघलाई गैरराजनीति र समावेशी गराउँदै पेशागत हक हित र सुरक्षाका लागि नयाँ नेतृत्व आवश्यक भएको बताए । उनले लामो समय देखि चिकित्सक संघ लोकतान्त्रिक पक्ष हावी भईरहेको र पेशागत गतिविधि हुन नसकेको अवस्थाले समग्र चिकित्सक बर्गमा निरासा छाएको, त्यसलाई चिर्न नयाँ नेतृत्व आवश्यक रहेको दावी गरे ।

मधेशी चिकित्सक संघका डा विनय पञ्जियारले संघको विगतको नेतृत्व फेलियर भएकै कारण विभिन्न समूह र उपसमूहको जन्म भएको भन्दै त्यसलाई निमिट्यान्न पार्न संघको नेतृत्व फेरिनुपर्ने बताए । ‘हामीले भनेका छौँ यो पटक पेशागत समूहलाई जिताउनुस र हेर्नुस कस्तो हुनुपर्छ चिकित्सक संघ ? त्यसमा चित्त नबुझे अर्को पटक विकल्प त छदैँछ । त्यसैले यसपटक नयाँ टीमलाई संघमा लैजानु जरुरी छ,’ उनले भने ।

कार्यक्रममा डा खराल समूहले पेशागत हक हित र बृृत्तिविकास संगै , संस्थागत सुधार, चिकित्सक विरामीबीचको सम्वन्ध, चिकित्सक पत्रकारबीचको सम्वन्ध र सुधार गर्नुपर्ने विषयमा छलफल चलाउने बताएको थियो ।

यी हुन् पेशागत समावेशी समूहका उम्मेद्धार

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *