वीर अस्पतालको ‘नेफ्रो वार्ड’ भोलिबाट नयाँ भवनमा

1.7k
Shares

काठमाडौँ, २३ मंसिर । वीर अस्पतालको नेफ्रोलोजी (मिर्गौला सम्वन्धी) वार्ड मंगलबार (भोली)बाट नयाँ भवनमा सर्ने भएको छ । जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाईका) ले निर्माण सम्पन्न गरी साढे छ महिना अघि नै सरकारलाई हस्तान्तरण गरेको भवनमा भोलिबाट २० शैय्याको नेफ्रो वार्ड शुरु गर्न लागिएको हो ।

अस्पतालका निर्देशक डा केदार सेन्चुरीका अनुसार भूकम्प पछि जाईकाले बनाइदिएको ९४ शैय्याको उक्त भवनमा २० शैय्याको नेफ्रो सहित अरु २० २० शैय्याको कार्डियोलोजी र ग्यास्ट्रोलोजी वार्ड रहनेछन् । यस्तै सीसीयू १० शैय्या र बाँकी २४ शैय्यामा हेमोडायलासिस सेवा सञ्चालन हुँदैछ । तर सो भवनमा अहिलेउसम्म १४ शैय्याको हेमोडायालासिस सेवा मात्रै सञ्चालन गरिएको छ ।

‘सबै सेवा सञ्चालन गर्न तत्कालका लागि जनशक्ति र उपकरणको अभाव देखिएको छ । तर नेफ्रोवार्ड भोलिबाट नै सञ्चालन आउने भएको छ,’ निर्देशक डा सेन्चुरीले भने ।

विसं २०७२ सालको विनासकारी भूकम्पले पुराना भवन काम नलाग्ने अवस्थामा पुगेपछि जाइकाले वीर र प्रसूतिगृह अस्पतालमा क्रमश ९४ र २६० शैय्याको भवन बनाइदिएको थियो ।

निर्माण सम्पन्न गरी जाइकाले गत १ जेठमा भवन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत सम्वन्धीत अस्पताललाई हस्तान्तरण गरेको थियो ।प्रसूतिले तत्कालै नयाँ भवनबाट सेवा आरम्भ गरेको थियो तर वीरमा भने उपकरण तथा जनशक्ति अभावमा भवन प्रयोगमा आएको थिएन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *