टिकापुर नगरपालिकाद्धारा रगत र रगततत्व निशुल्क गर्ने घोषणा

120
Shares

कैलाली, ९ मंसिर ।  टिकापुर नगरपालिकाले आफ्ना नगरबासीलाई रगत तथा रगततत्व निशुल्क उपलव्ध गराउने निर्णय गरेको छ । अन्यत्र भने स्वयंसेवी रक्तदाताबाट निशुल्क रुपमा लिइने रगत बिरामीलाई दिँदा विभिन्न परीक्षणका नाममा शुल्क लिइने गरिएको छ । टिकापुर नगरपालिकाले त्यसरी लाग्ने शुल्क आफूले व्यहोर्ने बताएको हो ।

यस्तै देवदह नगरपालिकाले पनि आफ्ना नगरबासीका लागि रगत र रगततत्व निशुल्क गर्ने घोषणा गरेको छ । कैलालीको टिकापुरमा भएको नेपाल स्वयंसेवी रक्तदाता समाजको केन्द्रीय बैठकमा नगरप्रमुख हिराबहादुर खत्रीले सो घोषणा गरेका हुन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा कैलालीको आयोजनामा भएको उक्त बैठकले रगत र रगत तत्व उपलव्धता सम्वन्धी विभिन्न १८ बुँदे ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाउने समेत निर्णय गरेको छ ।

सोही अवसरमा समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले रगत र रगततत्व निशुल्क गर्ने निर्णय गरेका टिकापुरका मेयरलाई तपेन्द्रबहादुर रावललाई सम्मान गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *