चापाकोटमा दुई दिने नि:शुल्क आँखा शिविर, ३६३ जनाको उपचार

1.0k
Shares

स्याङ्जा, ८ मंसिर । हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र भूपू विद्यार्थी मञ्च भानु माविको आयोजनामा चापाकोट नगरपालिका १ आँधीचौधेरामा दुई दिने निशुल्क आँखा शिविर सञ्चालन भएको छ ।

भानुमावि परिसरमा गत शुक्रबार र शनिबार सञ्चालित उक्त शिविरमा ३६३ जनाको आँखा उपचार भएको थियो । सोही शिविरमा १० जनाको मोतिविन्दुको शल्यक्रिया समेत गरिएको थियो ।

शिविरका लागि हिमालय आँखा अस्पताल पोखराबाट डा इलिया श्रेष्ठको नेतृत्वमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य प्राविधिक टोली चापाकोट पुगेको थियो ।

शिविरको संयोजनका लागि वीएम फाउन्डेशन, कालिगण्डकी इन्ट्रीगेटेड डेभलपमेन्ट सेन्टर, एक्सन फर नेशन, गोविन्द कलावती फाउन्डेशन लगायतका संस्थाहरुले सहयोग गरेका थिए ।

फाउन्डेशनका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले ग्रामिण क्षेत्रका जनतामा सहज रुपमा स्वास्थ्यको पहुँच नपुग्ने र शहरसम्म उनीहरु जान नसक्ने भएकोले शिविरका माध्यमबाट बेला बेलामा स्थानीय तहमा स्वास्थ्य सेवा पुर्याइएको बताए । त्यसो त फाउन्डेशनको संयोजनमा नियमित रुपमा जस्तै मुख तथा दन्त स्वास्थ्य शिविर, जनरल स्वास्थ्य शिविर भइरहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *