बिरामीको मृत्युपछि मेडिकल कलेजमाथि लापरवाहीको आरोप

1.9k
Shares

पाल्पा, २६ कात्तिक ।  उपचारका क्रममा एक विरामीको मृत्यु भएपछि पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा तनाव भएको छ । मृतकका आफन्तले अस्पताललाई उपचारमा लापरवाही गरेको आरोप लगाएका छन् भने अस्पतालले उपचारका क्रममा एक्कासी आएको जटिलता भनेको छ ।

गुल्मी रेसुङ्गा नगरपालिका–८ की १७ वर्षीया लक्ष्मी रसालीको आइतबार मृत्यु भएको हो । लुम्बिनी मेडिकल कलेजमा पाल्पामा शल्यक्रिया गर्दा जटिलता उत्पन्न भएपछि उनको थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लैजादै गर्दा मृत्यु भएको हो ।

एपेन्डिक्सको शल्यक्रिया गर्दा पेटभित्र नशा फुटेर रगत जमेको थियो । जमेको रगत हटाइयो । नशा फुटेर बगेको रगत रोक्नका लागि नशाको शल्यक्रिया गर्न भैरहवा मेडिकल कलेजमा चिकित्सकसहित पठाइएको थियो । तर ज्यान बचेन । कलेजका वरिष्ठ सर्जर डा राजकुमार क्षेत्रीले भने ।

शनिबार सामान्य बिरामी भएपछि पाल्पामा उपचारका लागि ल्याएको र आइतबार बिरामीको शल्यक्रिया गर्दा गदै मृत्यु भएको मृतककी आमा रेश्मी रसालीले बताइन । उनले शल्यक्रिया गर्दा लापरवाही भएर आफ्नो छोरीको ज्यान गएको दावी गरिन ।

कलेजका प्रवक्ता कृष्ण पराजुलीले शल्यक्रियापछि थप उपचार आवश्यक रहेकोले भैरहवा लैजाँदा मृत्यु भएको बताए । पीडित र अस्पतालबीच पटक–पटक सहमतिका लागि वार्ता भएको छ । मृतकको शव अहिले पनि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा रहेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *