सुत्केरीको हेलिकप्टरमा उद्धार

144
Shares

बैतडी, १२ कात्तिक । सिगास गाउँपालिका–६ लेकमकी २३ वर्षीया सुत्केरी धाना साउँदको हेलिकप्टरमा उद्धार गरिएको छ । उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी आज बाँकेको कोहलपुर मेडिकल कलेज पु¥याइएको हो ।

प्रसुती सेवा केन्द्र लेकममा बच्चा जन्माएकी साउँदको अत्यधिक रक्तस्राव भएपछि उद्धार गरिएको हो । उनलाई राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी उपचारका लागि कोहलपुर लगिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए । “अत्यधिक रक्तस्राव भएको खबर पाएपछि हेलिकप्टरको व्यवस्था गरेका हौँ”, उनले भने । सुत्केरीको साथमा रहेकीका प्रसुती सेवा केन्द्र लेकमकी अनमी पार्वती बोहराका अनुसार साउँदको अवस्था सामान्य रहेको छ ।   रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *