कलाकार मदनकृष्ण श्रेष्ठको मुटुमा स्टेन्ट राखियो

4.4k
Shares

काठमाडौँ, ९ कात्तिक । बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको ग्राण्डी इन्टरनेशनल हस्पिटलमा एन्जियोप्लास्टी गरिएको छ । मुटुको एउटा धमनीमा ९९ प्रतिशत व्लकेज भएपछि उनको गत विहीबार एन्जियोेप्लास्टी गरिएको हो ।

उनी आजै अस्पतालबाट डिस्चार्ज भएका छन् ।

छाती दुखेर ग्राण्डी अस्पताल आएका श्रेष्ठको मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा एउटा धमनीमा ९९ प्रतिशत ब्लकेज भएको पाइएपछि उनको एन्जियोप्लास्टी गरिएको हो । ‘उहाँको एउटा धमनीमा ९९ प्रतिशत व्लकेज भएको रहेछ । हामीले एन्जीयोप्लास्टी प्रविधिबाट स्टेन्ट पठाई व्लकेज खोल्यौँ,’ डा ओममूर्तिले भने ।

अस्पतालका मेडिकल डाइरेक्टर डा चक्रराज पाण्डेले समयमै अस्पताल आएकाले ठूलो समस्या हुन नपाएको बताए । ‘उहाँलाई छातीमा दुखाई महसुस हुनासाथ ग्राण्डी आउनुभयो । समयमै परीक्षण गरियो, व्लकेज देखियो । र तत्कालै खोलियो । त्यसैले ठूलो समस्या हुन पाएन । हिजो एक दिन आराम गरेपछि आज घर फर्किनु भएको छ,’ डा पाण्डेले भने ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *