स्वास्थ्यको समायोजन : अब पालो अहेवको

18.4k
Shares

काठमाडौँ, ७ असोज । अनमीको समायोजन सूची सार्वजनिक गरेसंगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब अर्को ठूलो समूह रहेको अहेवको सूची सार्वजनिक गर्ने तयारीमा लागेको छ ।

मन्त्रालयका अधिकारीहरुले अबको साता भित्रै अहेवको सूची सार्वजनिक गर्ने गरी काम भइरहेको बताएका छन् ।

पछिल्लो समय अहेव तथा हेल्थ असिस्टेन्टहरुको पदनाम र पदस्थापनमा केही समस्या देखिएको थियो । त्यसलाई समाधान गर्न भन्र्दै मन्त्रालयले मन्त्रिपरिषदरमा प्रस्ताव समेत पठाइसकेको छ । त्यसको निर्णय भने अहिलेसम्म भइसकेको छैन ।

‘अनमीको आज सार्वजनिक भयो । यहि साता भित्र अहेवको पनि गर्ने गरी काम भइरहेको छ’ मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले भने ।

अहेवको सकिएपछि स्वास्थ्यको समायोजन करीब करीब अन्त्य हुने अधिकारीहरुले बताएका छन् ।
धेरै पटकको उल्झनलाई सुल्झाउँदै स्वास्थ्य मन्त्रालयले गत १५ असारबाट समायोजन सूची सार्वजनिक गर्न थालेको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *