चिकित्सा शिक्षाको ‘बेथिति’ बिरुद्ध संघर्ष समितिको प्रदर्शन

6.1k
Shares

काठमाडौँ, २४ भदौ । चिकित्सा शिक्षा संघर्ष समितिले आज माइतीघर देखि बानेश्वरसम्म प्रदर्शन गरेको छ । साझा एकीकृत प्रवेश परीक्षा लागू गर्नुपर्ने, ७५ प्रतिशत छात्रबृत्ति लागू हुनुपर्ने, मेडिकल कलेजले सरकारले तोकेभन्दा बढी अतिरिक्त शुल्क लिन नपाईने लगायतका माग पुरा गर्न दवाव दिन आज प्रदर्शन गरेका हुन् ।

प्रदर्शनको अगुवाई गरेका महाराजगञ्ज स्ववियू सभापति डा मिलन गैरेले आफ्ना माग पुरा हुने सुनिश्चिता नभएसम्म आन्दोलन जारी राख्ने बताए । ‘यो समग्र मेडिकल शिक्षामा देखिएको बेथिति विरुद्ध चालिएको कदम हो । त्यसैले यसमा सबै विद्यार्थी र अभिभावकको साथ छ । सरकारले हाम्रा माग पुरा गर्नुपर्छ,’ उनले भने ।

यो समूहले यसअघि त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको चिकित्साशास्त्र तर्फको डीन अफिसमा तालाबन्दी समेत गरेको थियो ।

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *