संसदमा सांसदले सोधे, ‘डेंगु नियन्त्रण हुन किन सकेन सरकार ?’

216
Shares
काठमाडौँ, २२ भदौ । पछिल्लो समय देशका ४८ जिल्लामा भेटिइसकिएको डेङ्गु रोग ‘प्रकोप’का रुपमा फैलिँदै जाँदा रोग नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय गम्भीर बन्न नसकेको भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैककको शून्य समयमा सांसदहरुले रोग नियन्त्रणमा मन्त्रालयको प्रयासका बारेमा मन्त्रीले सदनमा जानकारी दिन निर्देश गर्न सभामुखसित आग्रह गर्नुभयो । सांसद कृष्णगोपाल श्रेष्ठले आज काठमाडौँको नयाँ सडक निवासी ७६ वर्षीया एक वृद्धाको डेङ्गु रोगका कारण निधन हुनपुगेको जानकारी गराए ।

सांसद डिला सङ्ग्रौलाले देशका ४८ जिल्लामा फैलिएको डेङगु नियन्त्रण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय असफल रहेको आरोप लगाउँदै डेङ्गु रोगका बारेमा मन्त्रीले दिएका सार्वजनिक भनाइ आपत्तिजनक रहेको बताए । उनले प्रश्न गरे, “डेङ्गु नियन्त्रण गर्ने काम नेपाली सेनाको हो रु के सेना परिचालन गर्न मिल्छ ?”

सांसद पुष्पा भुषालले काठमाडौंमा नै प्रकोपका रुपमा फैलिएको डेङ्गु नियन्त्रण गर्न सरकार असफल बनेको बताइन् । सांसद नरमाया ढकालले काठमाडौँ उपत्यकालगायत देशका अधिकांश जिल्लामा फैलिएको डेङ्गु नियन्त्रण भएका प्रयास बारेमा स्वास्थ्यमन्त्रीले सदनमा जानकारी गराउनुपर्दछ भने ।

मन्त्रालयका अनुसार पछिल्लो समय सो रोग ४८ जिल्लामा फैलिएको, तीन हजारभन्दा बढी सङ्क्रमित हुन पुगेका र चारजनाको अकालमा मृत्यु भएको तथ्याङ्क रहेको छ । मन्त्रालयले विशेषगरी किटजन्य रोग नियन्त्रण गर्ने पद ‘भेट्रोल कन्ट्रोलर’ खारेज गरेपछि रोग नियन्त्रण गर्न कठिनाई परेको जनाइएको छ ।

आजको शून्य समयमा विद्यालय जान लागिरहेकी १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि शुक्रबार वीरगञ्जमा भएको आक्रमणको भत्सर्ना गर्दै उनले काठमाडांैस्थित कीर्तिपुरमा उपचारत खातुनलाई निःशुल्क उपचारको व्यवस्था मिलाउन र एशिड प्रहार गर्नेमाथि कडा कारवाही गराउन पनि सांसदहरुले सरकारको ध्यानाकर्षणसमेत गराए । सांसद श्रेष्ठ र पार्वती डिसी चौधरीले कीर्तिपुरमा उपचारत् खातुनको निःशुःल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *