पाल्पाको पूर्वखोलामा ‘भाइरल ज्वरो’को प्रकोप, विद्यालय समेत बन्द गरियो

864
Shares

पाल्पा २० भदौ । पूर्वी पाल्पाको पूर्वखोला गाँउपालिका ३ अर्खलडाँडामा एकै टोलमा ठूलोसंख्यामा विरामी परेका छन् । पछिल्लो चार दिन देखि फैलिएको रुघा खोकी र ज्वरोको संक्रमण एकै टोलका ७३ जना भन्दा बढीलाई देखिएको छ ।

विहीबार खवर पाउनासाथ गाँउपालिकाले सीअहेव मोहन ढकालको नेतृत्वमा चार जनाको स्वास्थ्यकर्मी टोली अर्खलडाँडा पठाएको थियो । सो टोलीले ४३ जना पुरुष र ३० जना महिला गरी ७३ जनाको स्वास्थ्य जाँच तथा उपचार गरेको जानकारी दिएको छ । बिरामी हुनेमा १८ जना स्कुले विद्यार्थी रहेको समेत टोलीको नेतृत्व गरेका ढकालले बताए ।

‘विस्तृत जाँच त भएको छैन । अहिले हामीले अनुमान गरेको भाइरल फिवर नै हो । त्यहि अनुसार उपचार शुरु गरेका छौँ । बिहीबार मात्रै ७३ जनाको उपचार गरियो,’ ढकालले भने अगाडी थपे, ‘अब यसको नतिजा एक दुई दिनमा थाह भई हाल्छ ।’

टोलबासी नै विरामी पर्न थालेपछि स्थानीय जनउज्जल आधारभुत विद्यालय शुक्रबार  (आज )देखि बन्द गरिएको छ । ‘ हिजो सोही विद्यालयमा हामीले शिविर सञ्चालन गरयौँ । गाँउमा दिनानुदिन विरामीहरुको संख्या बढ्दै गएको बताइएको छ । त्यसैले आजका लागि विद्यालय बन्द गर्न भनेका छौँ । त्यसपछि कस्तो हुन्छ, त्यसैका आधारमा  विद्यालय खोल्ने वा थप केही दिन बन्द गर्ने भन्ने विषयको निधो होला ।,’ ढकालले भने ।

स्वास्थ्य परीक्षणका लागि विहीबार सीअहेव ढकालको नेतृत्वमा रिग्नेरह स्वास्थ्य चौकीबाट अहेव रविशंकर जैसवाल, बीरकोट स्वास्थ्य चौकीबाट अहेव नर्बुफुर्वा दोर्जे र स्टाफ नर्स सरस्वती श्रेष्ठ गएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *