लामखुट्टे बनेर ‘औषधि’को प्रवर्द्धन !

1.1k
Shares

काठमाडौँ, १९ भदौ । डेंगुको संक्रमणले देशभरको जनजीवन प्रभावित भईरहेको बेला कतिपयले भने यसलाई औषधि प्रवर्द्धन गर्ने उपयुक्त अवसरको रुपमा लिएका छन् । आज दिउसो बागबजारमा यस्तै दृश्य देखियो ।

लामखुट्टेको भेषमा आएका चार जना व्यक्तिले  एउटा औषधिको प्रवर्द्धन गरिरहेका थिए ।

उनीहरुले ल्याएको ‘रेमोस’ भन्ने क्रिम (उनीहरुले औषधि भन्दै थिए ) एक पटक लगाएपछि १० घण्टालाई लामखुट्टे नजिक पर्दैन भन्दै सर्वसाधारणलाई सो किन्नका लागि प्रेरित गरिहेका थिए ।

डेंगु संक्रमणको महामारी फैलिएको सन्दर्भमा उनीहरुको आफ्नो बस्तु बिक्री गर्ने शैलीको भने आम सर्वसाधारणले खुवै चासो पूर्वक हेरेका थिए । उनीहरु भन्दै थिए, ‘यो क्रिम भाटभटेनी डिपार्टमेन्ट स्टोर देखि फार्मेसी पसलहरुमा उपलव्ध छ ।’

अब यसको दर्ता छ कि छैन ? डिपार्टमेन्ट पसलमा रहने क्रिम औषधि पसलमा राख्न मिल्छ कि मिल्दैन ? यो हेर्ने जिम्मा भने औषधि व्यवस्था विभागको ।

हेरौँ फोटो फिचर :

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *