प्रधानमन्त्री ओलीको प्लाज्मा फेरेसिस प्रक्रियाको उपचार आज सकिदैँ, शुक्रबार स्वदेश फर्कने

188
Shares

काठमाडौँ, १८ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचार प्रक्रिया आज सकिने बताइएको छ । सिंगापुरस्थित नेशनल युनिभर्सिटी अस्पतालमा पछिल्लो दुई साता देखि उपचाररत प्रधानमन्त्री ओलीको आज सातौंपटक प्लाज्मा फेरेसिस प्रक्रियाबाट मिर्गौलासम्बन्धी एन्टीवडी निराकरण गरिदैछ ।

यो सँगै यसपटकको उपचार प्रक्रिया पूरा हुने प्रधानमन्त्रीका निजी चिकित्सक डा दिलिप शर्मालाई उधृत गर्दै प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए। उनले हाल प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जानकारी दिए ।

प्रधानमन्त्री ओली गत ५ भदौमा दोस्रो चरणको स्वास्थ्य उपचारका लागि सिंगापुर गएका थिए। प्रधानमन्त्रीको मिर्गौलासम्बन्धी एण्डीबडीको मात्रा केही बढी देखिएपछि दोस्रो चरणको उपचारका लागि पुनः सिंगापुर लगिएको थियो ।

उपचार प्रक्रिया सकेर प्रधानमन्त्री ओली आउदो शुक्रबार स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *