स्वास्थ्य क्षेत्रमा सुधार कसरी ल्याउने ? प्रदेश नं २ ले गठन गर्‍यो कार्यदल

9.8k
Shares

जनकपुर, १७ भदौ । प्रदेशको समग्र स्वास्थ्य क्षेत्रलाई सुधार गर्ने सुझाव सहितको प्रतिवेदन बुझाउन प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयले एक कार्यदल गठन गरेको छ ।

डा रामकेवल साहको अध्यक्षतामा गठन भएको कायदलमा डा प्रमोद सर्राफ, डा अजयकुमार मिश्र, डा पशुपति चौधरी, डा सिद्धार्थ ठाकुर र रामानन्द पण्डित सदस्य छन् । कार्यदलको सदस्यसचिव लक्ष्मेश्वर झा रहेका छन् ।

कार्यदललाई प्रदेशको समग्र स्वास्थ्य नीतिको रुपरेखा तयार गरी प्रतिवेदन बुझाउन भनिएको छ । प्रतिवेदन तयार गरी बुझाउँन ६ महिनाको समय दिइएको छ ।

‘यसमा प्रदेशको बर्तमान अवस्था, प्रदेशका स्वास्थ्य संस्था , प्रादेशिक स्वास्थ्य नीति, स्वास्थ्यमा सुधार कसरी गर्न सकिन्छ ? प्रदेशिक ऐन कानून, स्वास्थ्य कार्यक्रमको अनुगमन कसरी गर्ने आदि बारेमा विस्तृत प्रतिवेदन तयार गर्नुपर्नेछ,’ कार्यदलका सदस्य डा अजयकुमार मिश्रले भने ।

सोमबार प्रदेश नं २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले उक्त कार्यदल गठन गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *