लोहारपट्टीमा निशुल्क स्वास्थ्य शिविर ३ सय बढी विद्यार्थीको स्वास्थ्य परीक्षण

608
Shares

महोत्तरी, १ असार । लोहारपट्टीस्थित रेखामाहरानी कन्काई बोर्डिङ स्कुलको आयोजनामा शनिबार स्कुल परिसरमै निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।

उक्त शिविरमा ३०० बढी विद्यार्थीको स्वास्थ्य संगै रक्त समूह परीक्षण समेत गरिएको थियो । उक्त शिविरमा आवश्यक पर्नेहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको बालरोग विशेषज्ञ एवं जनकपुर बालबालिका उपचार केन्द्रका अध्यक्ष डा. लव कुमार साहले जानकारी दिए ।

शिविरका लागि डा साहसंगै भरोसा मेडिकल हलका संचालन आनन्द सिंह, न्यु साह प्याथोलोजिक सुलेखा साह तथा लिटिल हबका संचालक विकास साह खटिएको थिए ।

शिविरमा विद्यालयका संस्थापक अर्जुन मिश्र सहित विद्यालयका शिक्षकहरुले सहजीकरण गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *